13.1 C
Kathmandu
spot_img

पाकिस्तानमा वर्षाका कारण दश जनाको मृत्यु

एजेन्सी, १९ चैत । पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।
पिडिएमएका प्रवक्ता अनवर शहजादले हताहतको पुष्टि गर्दै मृत्यु हुनेमा आठ जना बालबालिका तथा दुईजना महिला रहेको जनाउनु भएको छ । यसैगरी घाइते हुनेहरु मध्ये नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको उहाँले उल्लेख गर्नु भएको छ ।
प्राप्त रिपोर्ट अनुसार वर्षा र असिनाका कारण भएका दुर्घटनामा २७ वटा घर क्षतिग्रस्त भएको प्रवक्तालाई उद्धृत गर्दै द नेशन अखबारले जनाएको छ । द नेशनका अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ ।
पिडिएमएले जारी गरेको रिपोर्टमा सांगला, बन्नु, बाजौर, पेशावर, नौशेरा र मानसेहरामा विभिन्न संरचना तथा घरहरु क्षतिग्रस्त भएका छन् ।
द नेशनका अनुसार, यस घटनामा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसैगरी मोहमण्ड, मर्दान, उत्तरी बजिरिस्तान लगायतका क्षेत्रमा २४ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सञ्चार माध्यामसँग कुरा गर्दै हरबन तहसिलका अध्यक्ष असदुल्ला कुरैसीले वर्षाका कारण आएको बाढीले निम्त्याएको दुर्घटनामा १९ वटा पशु चौपाया मर्नुका साथै १५ वटा गोठ बगाएको बताउनु भयो ।
असिना र भारी वर्षाले विभिन्न क्षेत्रहरूलाई असर गर्नुका साथै माथिल्लो कोहिस्तानको हरबन इलाकामा गाईवस्तु बाढीको सिकार भएका छन् भने धेरै घरहरूमा क्षति पुर्याएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

spot_img

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...