13.1 C
Kathmandu
spot_img

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको छ।
सन् १९५८ मा राष्ट्रसङघको आग्रहमा पहिलो पटक द्वन्दग्रस्त मुलुक लेबनानमा पाँच जना सैनिक पर्यवेक्षक टोली खटाएको थियो । संयुक्त राष्ट्रसङघमाको आहवानमा विश्व शान्ति स्थापनार्थ फौज खटाउने देशहरूमा नेपाल पहिलो स्थानमा उक्लिएको छ ।
सन् २०२३ नोभेम्बरमा पहिलो स्थानमा नेपाल उक्लिएको हो । नेपालबाट हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ६५४७ जना फौज विभिन्न मिसनहरूमा परिचालित भइरहेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको बंगलादेशबाट खटिने फौजको संख्या ६१९७ जना रहेका छन् । नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएको खण्डमा १० हजार जना शान्ति सैनिक परिचालन गर्ने प्रतिबद्धता गरेको छ ।
नेपालले हालसम्म ६५ वर्षमा विभिन्न ४४ वटा मिसनहरूमा एक लाख ४६,८९० जना सैनिक खटाइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

spot_img

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...