13.1 C
Kathmandu
spot_img

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत दान गरेका छन् ।
रगत दान गर्नेहरूमा रन्जु देवी,रेणु देवी, पिंकी पाण्डे,रामविद्या चौधरी, सपना अग्रवाल, देवी सहाय मिना, ईश्वरचन्द्र यादव, हरिशंकर शर्मा, तरूण कुमार, सन्जिव कुमार, चन्दन श्रीवास्तव लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगंजका राजन श्रीवास्तवले जानकारी दिए ।
रक्तदान कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना, रेडियो वीरगंजका अध्यक्ष ध्रुब साह,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
पर्सामा रक्तदाता सम्मानित विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले एक कार्यक्रमको आयोजना गरि विभिन्न संघसंस्थालाई सम्मान गरेको छ ।
शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेलले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गरेका छन् ।
ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रिधन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी एफ.एम १०३.८ मेगाहर्ज सहित १०१ संस्था र व्यक्तिलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रम सबैभन्दा धेरै रक्तदान गर्ने, निश्शुल्क रक्तदान गर्ने २० जना व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

spot_img

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...