13.1 C
Kathmandu
spot_img

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिर तथा मेलामा घुमफिर गर्न आउनेहरूको भीड बढिरहेको बताए । बलिकै रूपमा प्रसिद्ध गढीमाई माताको दर्शन गर्न आइतवार र सोमवार मात्र करोडौं सङख्यामा भक्तजनहरू देश तथा बिदेशबाट भित्रिएका उनले बताए । यद्यपी शनिवार र आईतवारको तुलनामा सोमवार गढीमाई मेलामा दर्शनार्थीहरूको चाप निकै बढेको थियो । गढीमाई माताको दर्शन गर्न नेपाल र भारत, अमेरिका, फ्रान्स लगायतबाट समेत दर्शनार्थीहरू आइपुगेका छन् । भाकल पूरा भएपछि दर्शनार्थीहरू एकै पटक गढीमाई मेलामा आउने गरेको कारण विशेषत बलिको दुई दिन अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको जनाइएको छ । दर्शनार्थीको अत्यधिक भीडका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मंसिर २३ गते आइतवार बलिको पहिलो दिन राँगा बलि दिइएको थियो । पहिलो दिन ८ हजार भन्दा बढी राँगा बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपसमितिले जानकारी दिएको छ । उपसमितिका संयोजक प्रेम साहले ८६२९ राँगाको बलि चढाइएको बताए । भारतबाट आउने राँगाहरूलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको समितिको अनुमान छ । बोका बलि दिने भक्तजनहरूले आफुलाई पाएक परेको ठाउँमा दिन सक्ने भएकोले बोका बलिको तथ्यांक आउन नसकेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । आइतवार चढाईएको राँगाको मासु दलित समुदायहरूले लगेका थिए ।राँगाको मासु उनीहरूले प्रसादको रूपमा लगेको बलि ब्यवस्थापन उपसमितिका संयोजक साहको भनाइ छ । दलित समुदाय तथा राँगाको मासु खानेहरूले गरेको अनुरोध बमोजिम यो वर्ष मेलामा चढाइएको राँगाको मासुको लागि कुनै टेण्डर बोलाइएन, तर केही मेला बिरोधीहरूले मासुको लागि टेण्डर भएको हल्ला समेत फैलाएको उनले बताए । राँगाको बलिबाट स्थानीयहरूको स्वास्थमा असर नपर्ने गरी ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ । राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरूको आन्द्रा, भुडीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिको सहयोगबाट खाल्डोलाई पुरिरहेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

spot_img

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...